एमाले महासचिव पोखरलेको निवासमा आगजनी
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरलेको कोटेश्वरस्थित घरमा आगजनी भएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरूको निवास तोडफोड र आगजनीको क्रममा एमाले महासचिव पोखरेलको निवासमा आगजनी गरिएको हो।
अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।
ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment