राष्ट्रपतिले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत

डिसी नेपाल
२४ भदौ २०८२ १५:०४
432
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। लगातारको आन्दोलन र चौतर्फी दबाबबीच प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका हुन्।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो दिन नै कलिला युवा पुस्तामाथि गोली चलाएर डेढ दर्जनभन्दा बढी युवाको हत्याको आदेश दिएपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्रीले अन्ततः मंगलबार पद त्याग्ने निर्णय गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *