महान्यायाधिवक्ताको कार्यालयमा आगजानी
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ। मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन्।
प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन्। आक्रोशित प्रदर्शनकारीहरुले आगजानी र तोड्फोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment