मुख्यसचिव र सुरक्षा निकायका प्रमुखको अपिल– राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्नु

डिसी नेपाल
२४ भदौ २०८२ १५:४३

काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीले राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले अपिल जारी गर्दै राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका हुन्।

अपिलमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *