यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक, के गर्ने साइत कतिबेला ?

डिसी नेपाल
२२ भदौ २०७६ १०:५५

काठमाडौं। यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक भएको छ । बडादशैंको टीका थाप्ने शुभ साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटमा सबैभन्दा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिवार बसेको बैठकले दशैं घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए । यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटनास्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए । यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको गौतमले जानकारी दिए । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *