आन्दोलनकारीको माग : अन्तरिम नागरिक सरकार गठन गरौं
काठमाडौं । जेनजी आन्दोलनका प्रमुख अगुवाहरुले प्रधानमन्त्रीको राजीनामासँगै नयाँ चुनावको अल्टिमेटमसहित नागरिक सरकार गठन गर्ने माग गरेका छन्।
मंगलबार वक्तव्यमार्फत प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त अन्तरिम नागरिक सरकार गठनको माग गरेका हुन्।
जेनजी आन्दोलनका प्रमुख अगुवाहरुलेको संयुक्त वक्तव्यमार्फत ज्यान गुमाएका १९ युवाहरूप्रति समवेदना समेत व्यक्त गरेका छन्।
उनीहरुले नेपाल प्रहरी ०६२/६३ को जनआन्दोलनमा तत्कालीन तानाशाह सरकारभन्दा बढि क्रूर भएको र प्रहरीले अस्पतालहरूमा आक्रमण गरेको पनि बताए।
वक्तव्यमा भनिएको छ, ‘६ घण्टाको अन्तरालमा १९ जनाको हत्या कुनैपनि सभ्य समाजमा घृणित र अस्वीकार्य छ। यो संख्या ६२/६३ को जनआन्दोलनमा तत्कालीन तानाशाह सरकारले मारेका कुल मानिसहरूभन्दा बढी हो। क्रूरता त्यहाँ रोकिएन। प्रहरी बलले साधारण नागरिकहरूको घरमा आक्रमण गरिरहेको छ, अस्पतालहरूमा आक्रमण गरिरहेको छ, मानिसहरूलाई गोली हानेको छ, परिवारहरूलाई धम्की दिइरहेको छ र हाम्रा आमाबाबुलाई पनि धम्की दिइरहेको छ। तिनीहरू हाम्रो पछि लागिरहेका छन।’
मागहरू यस्ता छन्:
१. हामी राज्यले सबै घाइतेहरूको उचित उपचारलाई तुरुन्तै प्राथमिकता दिन र यस आन्दोलनमा ज्यान गुमाएका प्रत्येक नागरिकलाई आधिकारिक रूपमा शहीदको रूपमा मान्यता दिन माग गर्दछौं।
२. प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ र नयाँ चुनावको अल्टिमेटमसहित नागरिक सरकार गठन गर्ने बाटो खोल्नुपर्छ।
३. यो सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ।
४. प्रहरी महानिरीक्षकले राजीनामा दिनुपर्छ र जवाफदेही बनाउनुपर्छ।
५. मुलुकी फौजदारी संहिता अन्तर्गत हिजो नागरिकहरूलाई मार्ने प्रधानमन्त्री, गृहमन्त्री, महानिरीक्षक, प्रमुख जिल्ला अधिकारीहरू र प्रत्येक प्रहरी अधिकारी विरुद्ध फौजदारी अनुसन्धान सुरु गर्नुपर्छ र फौजदारी मुद्दा अगाडि बढाउनुपर्छ।
अभिजीत अधिकारी
युजन राजभण्डारी
राक्षस बम
प्रदीप ज्ञवाली
मनिष खनाल
युजन राजभण्डारी
मनिष खनाल
तनुजा पाण्डे
बिनोद देउवा







डिसी नेपाल







Facebook Comment