खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट
सिरहा। ‘जेन–जी’ आन्दोलनका क्रममा मंगलबार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ। ठूलो समूहमा आएका उनीहरुले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन्।
कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, ‘गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ।’
उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए। लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ। हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment