पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी
कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले एक सूचना जारी गरी पोखराको वडा नं १ देखी ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ।
जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार सो आदेश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
सो आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ कर्फ्यूका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ। यसैगरी भदौ २७ गते बिहान ५ बजेदेखि विहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ।







डिसी नेपाल







Facebook Comment