मुलुकको राजनीति तल्लो स्तरमा पुग्योः सशांक

डिसी नेपाल
२२ भदौ २०७६ १८:४८

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गरेका छन् ।

काँग्रेस महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिकलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उनले विपी कोइराला जीवनको शुरुआत कालमा बामपन्थी भएको खुलासा पनि गरे। ‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला विपी बामपन्थी हुनुहुन्थ्यो’, विपीका छोरा समेत रहेका महामन्त्री कोइरालाले भनाई थियो, ‘पछि भारतीय नेताहरुको प्रभावमा परेपछि विपी प्रजातन्त्रवादी हुनु भयो ।’

महामन्त्री कोइरालाले विपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराए। त्यसैगरी विपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भन्नु भएको पनि बताए।

कार्यक्रममा बोल्दै काँग्रेस नेता शेखर कोइरालाले संविधान विपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप पनि लगाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *