शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिन थाल्यो सेवा
काठमाडौं। शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ। काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो।
विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि नौलो र पहिलो भएको कन्सल्टेन्सीका संचालक इश्वरी निरौलाको दाबी छ।
‘सुरुमा हामीले डिजिटलमार्फत भाषा पढाउने सोच बनाएका हौं। विस्तारै आइएलटिएस तयारी कक्षा साथै विदेशका विश्वविद्यालयबारे इन्फरमेशन दिनका लागि एआइको प्रयोग गर्न सुरु गरेका हौं। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गरेर मोबाइलकै सहायतामा सेवा दिइरहेका छौं। हामीले नेपालमै सफ्टवेयरको विकास गरेर यस्तो सेवा सुरु गर्दा धेरैले आश्चर्य मानेका छन्,’ निरौलाले भने।
त्यस्तै भाषिकाकै अर्का संचालक उत्सव तिम्सिनाले नेपालमा शैक्षिक परामर्श क्षेत्रमा पहिलो पटक एआइको प्रयोग सुरु गरेको जानकारी दिए।
‘कन्सल्टेन्सीकै कार्यालयमा पुगेर भन्दापनि घरमै बसीबसी विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने हाम्रो लक्ष्य हो। लीफ एजुकेशनको सहकार्यमा एआइको टुल्स पहिलोपटक नेपालमा अभ्यास गरेका हौं। विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई तथ्यगत जानकारी दिनका लागि र सही निर्णय गर्नसक्ने वातावरण बनाउन एआई टुल्स बढी उपयोगी छ। यसबाट सेवा लिनका लागि शुल्क लाग्दैन्। जसका कारण विद्यार्थीको समय र पैसा बचत हुनेछ,’ उनले भने।
एआई काउन्सिलिङ सिस्टमको सहायतामा आइएलटिएस मक टेस्ट, अध्ययनका लागि इच्छा गरिएको विषयको छनोट, छात्राबृत्ति र शुल्कमा पारदर्शिता, विश्वविद्यालय खोजी, डिजिटल कागजातको व्यवस्थापनमा सहज हुने तिम्सिनाको भनाइ छ।
भाषिकाको एआइ टुल्समार्फत विदेश अध्ययन गर्न जाने प्रक्रिया सहज हुने, विद्यार्थीको अध्ययन, बजेट र लक्ष्य अनुसार सही कोर्स र विश्वविद्यालय सिफारिसमा सहज हुने, स्मार्ट विश्वविद्यालय खोजी गर्ने क्रममा सही देश, शहर र कोर्स सुझाव दिनसक्ने, छात्रवृत्ति खोजी र खर्च स्पष्ट पार्ने, सबै कागजात र आवेदन प्रक्रियामा सजिलो व्यवस्थापन हुने साथै भर्चुअल सहयोगका माध्यमबाट अर्थात च्याटबटको सहायतामा तुरुन्तै प्रश्नको जवाफ दिइने संचालकहरुको भनाइ छ।
नेपालमा हाल संचालित शैक्षिक परामर्श केन्द्रहरु परम्परागत रुपमै चलिरहेका बेला भाषिकाले डिजिटल काउन्सिलर बनाउने लक्ष्यसहित जसले विद्यार्थीको निर्णयलाई सजिलो, सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिएको छ।
कम्पनीले भदौको दोस्रोत साता काठमाडौंको होटल एभरेष्टमा सम्पन्न शैक्षिक कार्यक्रममा लीफ एजुकेशनले नवीनतम डिजिटल परामर्श प्रणाली भाषिकाको औपचारिक प्रदर्शन गरेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक र परामर्शदाताहरूले भाषिकालाई ‘डिजिटल कन्सल्टेन्सी’ र ‘कन्सल्टेन्सी एट युवर फोन’को नयाँ अवधारणा भनेर स्वागत गरेको संचालकहरुको भनाइ छ।







डिसी नेपाल







Facebook Comment