बरिष्ठ अधिवक्ता शम्भु थापाको निजी ल फर्ममा आगजनी
काठमाडौं। यही भदाै २४ गते भएको आन्दालनमा बरिष्ठ अधिवक्ता शम्भु थापाको निजी ल फर्ममा आगजनी गरिएको छ। धेरै हाइप्रोफाइल मुद्दाहरुमा कानुन व्यवसायी रहेका उनको फर्ममा आगो लाग्दा उनका ल फर्ममा भएका धेरै मुद्दाहरूका मिसिलहरु जलेर नष्ट भएका छन्।
सर्वोच्च अदालतमा आन्दोलन तथा बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको अगुवाइ गरेको आरोप लागेका थापाको निजी ल फर्मका सबै जसो मिसिल खोजी खोजी आन्दोलनकारीले जलाएका हुन्।
थापामाथि सर्वोच्चमा एकाधिकार जनमाएको, आफू अनुकुल न्यायाधीश चलाउन खोजेको, कानून व्यवसायमा एकाधिकार गर्न खोजेकाेलगायतका आरोप लाग्दै आएका छन्।
सो आगजानीबाट निजका ल फर्मका सवै सामानहरूसमेत जलेर नष्ट भएका छन्। सोही भवनमा अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको ल फर्ममा पनि आन्दोलनकारीले आगजनी गरेका थिए।
सोही दिन आन्दोलनकारीहरूले नेकपा एमालेका नेता तथा अधिवक्ता अग्नि खरेल र नेकपा मावोवादीका नेता तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीका निजी निवासहरूमा समेत तोडफोड गरेका छन्।







डिसी नेपाल







Facebook Comment