नेपालगञ्जमा हुने ऐतिहासिक रामलिला स्थगन

डिसी नेपाल
१ असोज २०८२ २१:२१
56
Shares

नेपालगञ्ज। बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन भएको छ।

घटस्थापनाबाट सुरु हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए।

उनले रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको बताए। व्यवस्थापन समितिका अध्यक्ष कनौडियाले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताए।

यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो। नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन्।

स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगञ्जमा रामलिला महोत्सवको सुरुआत गरेको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.