सप्तकोसी नदीमा पानीको बहाव बढ्दै
इनरुवा (सुनसरी)। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।
आज साँझदेखि कोसी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आज राति १०ः०० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
आज राति ८ः०० बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन्भने खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment