फिजियोथेरापी दिवसमा पोखरामा निःशुल्क शिविर

डिसी नेपाल
२३ भदौ २०७६ ७:३६

पोखरा । विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ। नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो। शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिए ।

शिविर उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाइने बताए । उनले म्याग्दी, पर्वत र स्याङ्जामा डायलासिस सेवा केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले हाडजोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक भएको बताए ।

वरिष्ठ चिकित्सक डा वसन्त ताम्राकारले पछिल्लो समय निजी अस्पतालले पनि प्राथमिकताका साथ फिजियोथेरापी सेवा शुरु गरिरहेकोे बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले धेरै व्यक्तिमा हाडजोर्नी र नशाको समस्या बढिरहेको भन्दै सरकारले फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

पोखरा विश्व विद्यालय बिपिटी कार्यक्रम संयोजक विजय सुवेदीले स्वास्थ्य क्षेत्रका अनुसन्धनात्मक गतिविधिलाई जोड दिँदै आएको बताए । कार्यक्रममा एशोसिएशनका अध्यक्ष खड्कसिंह गुरुङ, सचिव डा. शिव तिवारी, फिजियोथेरापी स्वीकृति पौडेल, पोविवि बिपिटी कार्यक्रमका उपप्राध्यापक दीपक जोशीलगायतले फिजियोथेरापीका विविध पक्षको बारेमा बोलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *