जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधाम वासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण
जनकपुर । जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुर धामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता, मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए । जनकपुर धाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । यो पहिलो पटक सम्पूर्ण जनकपुरवासी एक भएर यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।







डिसी नेपाल








Facebook Comment