गुरुले दिएको सुझावलाई गम्भीतासँग लिनुपर्छ, नत्र नोक्सान हुन्छ

डिसी नेपाल
२३ भदौ २०७६ ८:१०
4
Shares

काठमाडौं। गुरुले दिने सुझाव र सल्लाहले हामीलाई धेरै दुखबाट बचाउन सक्छ र हामीलाई सफल मानिस बनाउन सहयोग गर्छ। यसकारण कहिल्यै पनि गुरुले दिने शिक्षामाथि सन्देह गर्नु हुँदैन।

आज हामी गुरु शिष्यबीचको एउटा प्रसंग सुनाउन गइरहेका छौं। जसका गुरुको सम्मान गर्नुपर्छ भन्ने शिक्षा दिइएको छ।

एउटा प्रचलित लोक कथाका अनुसार एउटा आश्रममा गुरु र शिष्य खेलाउन बताउँथे। दुवैको राम्रोसँग जीवन चलिरहेको थियो। गुरुको मार्ग निर्देशमा शिष्य निकै राम्रो खेलाउन बनाउन थाले।

र शिष्यको खेलाउन धेरै मूल्यमा बिक्री हुन थाले। तै पनि गुरु शिष्यले बनाएको खेलौनामा कुनै न कुनै कमी निकाल्थे र अझै राम्रोसँग बनाउन भन्थे।

सधैं गुरुको यस्तो कुरा सुनेर शिष्यलाई के लाग्यो भने गुरुजीका खेलाउन मेरो भन्दा कम मूल्यम विक्री हुन्छ। शायद त्यही भएर गुरु मसँग जल्छन्। गुरुले लगातार शिष्यलाई राम्रो काम गर्ने सुझाव दिइरहे। यो कुराले शिष्यलाई रिस उठ्यो।

उनले गुरुजीसँग भने–गुरुजी म तपाइँ भन्दा राम्रो खेलाउन बनाइरहेको छु। तपाइँले बनाएको खेलाउन भन्दा धेरै मूल्यमा पनि बिक्री भइरहेको छ। तै पनि तपाइँ मलाई अझै राम्रो खेलाउन बनाउन सुझाव दिनुहुन्छ?’

गुरु विद्वान थिए। उनले बुझे कि शिष्यलाई घमण्ड आयो र यही कारण उ रिसायो भन्ने। गुरुले शान्त स्वरमा भने–शिष्य जब म तिम्रो उमेरको थिएँ। तब मेरो खेलाउन पनि मेरो गुरुको खेलाउन भन्दा राम्रो मूल्यमा बिक्री हुन्थे।

एक दिन मैले तिमीले जस्तै यसैगरी यही कुरा मेरो गुरुलाई भने। त्यस दिनपछि गुरुले मलाइ सुझाव दिन छोड्नु भयो। र मेरो कलाको विकास हुन पाएन। म चाहन्न की तिमीसँग पनि त्यस्तै होस्।

यो कुरा सुनेर शिष्यलाई आफ्नो गल्ती थाहा भयो। र उनले गुरुसँग क्षमा मागे। त्यसपछि उनले गुरुको आज्ञा पालन गर्न थाले। र, विस्तारै विस्तारै आफ्नो कलाका कारण टाढा टाढासम्म आफ्नो ख्याती कमाउन थाले।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *