कानून क्षेत्रमा भिनाजुको चर्चा, को हुन् ती भिनाजु ?

डिसी नेपाल
५ असोज २०८२ ११:१७
696
Shares

काठमाडौं। सर्बोच्च अदालत आगजानी भयो, नेपाल बार डढ्यो अदालती काम कारवाही भद्रगोल भयो केही दिन देशका अन्य भागजस्तै। अनि भाद्रको अन्तिम साता अन्त्यमा एउटा भर्चुअल बैठक भयो।

बैठकमा सर्बोच्च अदालतका न्ययाधीशहरु, उच्च कर्मचारी, सर्बोच्च बारका अधिकारीहरु, बरिष्टतम अधिबक्तहरु सो भर्चुअल बैठकमा बोलाइएका थिए। बैठकको शुरुमै भिनाजु बारे कुरा भयो। को हुन् ती भिनाजु? कसले कुरा उठायो?

बैठकमा सहभागी एक सूत्रका अनुसार, सो बैठकको शुरुवातको समय थियो। भर्चुअल बैठकमा थोरैमात्र सहभागी थिए। नयाँ प्रधानमन्त्री सुशीला कार्की पनि लामो समयसम्म न्यायसेवामा काम गरेकी व्यक्ति थिइन्। उनी प्रधानन्यायाधीश भएर नै अवकाश प्राप्त व्यक्ति थिइन्।

त्यसैले उनीसँग को नजिक छन् को टाढा छन् भन्ने कुरा न्याय कानून क्षेत्रका काम गर्ने धेरैले थाहा पाएकै कुरा हो। तर सुशीला दिदी होइन भिनाजुको कुरा अकस्मात सो बैठकमा आयो। सहभागी सर्बोच्च अदालतकै बरिष्ठतम न्यायाधीश मध्येकै एकबाट कुराकानीका सन्दर्भमा भिनाजुको कुरा गरिएको थियो।

‘उहाँले प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की दिदीसँग उहाँको व्यस्ततका कारण कुरा हुन नसके पनि उहाँका श्रीमान अर्थात भिनाजु अर्थात् पुराना कांग्रेस नेता दुर्गा सुवेदीसँग कुरा भएको जानकारी बैठकलाई दिनुभयो। दिदी मुलुकको शासक हुनुहुन्छ, न्यायाधीशज्यूको कुरा हुनु कुनै बेला स्वाभाविक पनि होला तर भिनाजुसँगको कुरा? निकै अस्वाभाविक लाग्ने यो कुरा सो बैठकमा निकालुकमा म प्रधानमन्त्रीसँग मात्र होइन उहाँका पतिसँग पनि नजिक छु र म पावरफूल नै छु भन्ने सन्देश न्याय कानून क्षेत्रमा दिने उद्देश्य अन्तरनिहीत थियो। नत्र, भिनाजुको प्रसंग जोडिनुपर्ने केही नभएको,’ बैठकमा सहभागी एक कानून व्यवसायीले डिसी नेपाललाई बताए।

शासन सत्ता फेरिए पनि आफ्नो शक्ति फेरिएको छैन। हिजो जति शक्तिशाली थिए आज र भोलि पनि उत्तिनै शक्तिशाली छु र हुन्छु भन्ने सन्देश दिन त्यस्तो कुरा बोलिएको दावी ती कानून व्यवसायीले डिसी नेपालसँग गरे। उनले यसरी फूर्ति लाउने न्यायाधीश को हुन्? भन्नेबारे भने भने गोप्यता राख्न चाहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *