३३ वर्ष जागिर गरेर बनाएको घर खण्डहर देख्दा भावुक बनिन् राधिका शाक्य

डिसी नेपाल
५ असोज २०८२ १९:००
1.2k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले शनिबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गरेकी छन्।

जेनजी आन्दोलनको क्रममा १२ दिनअघि आगलागी हुँदा खण्डहर बनेको घर उनले पहिलोपटक निरीक्षण गरेकी हुन्।

घर अवलोकन गर्ने क्रममा राधिका निकै भावुक बनेकी थिइन्। उनले घर जल्दा मात्रै नभई एउटा ऐतिहासिक धरोहर नै नष्ट भएको गुनासो गरिन्।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गरेर आएको पैसाले घर बनाएको हो। यो बस्ने घर भन्दा पनि एउटा संग्राहलय थियो। संगीतसँग सम्बन्धित हार्मोनियम, गितार, तबला आदी थुप्रै र ज्ञानगुणका किताबहरु जलेर नष्ट भएका छन्। समग्रमा घर भन्दापनि मेरो संग्राहलय थियो। जिवित संग्राहलयलाई राम्ररी बनाएर नयाँ पुस्ताको लागि छोडेर जाने विचार थियो। तर अहिले खरानी छाडेर जानुपर्यो, मलाई दुःख त्यति मात्रै हो।’

भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक मोडमा गएपछि अर्को दिन २४ गते देशभर नेताका निवास, सरकारी कार्यालय र निजी प्रतिष्ठानहरूमा तोडफोड तथा आगजनी भएका थिए। सोही क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवाससमेत जलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *