हितेन्द्रलाई प्राधिकरणबाट हटाइयो

डिसी नेपाल
५ असोज २०८२ १९:४४
2.5k
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको हो।

शाक्यलाई हटाएर उनको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको  गृहमन्त्री  ओमप्रकाश अर्यालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *