माउन्टेन एयरको हेलिकोप्टर दैलेखमा आकस्मिक अवतरण

डिसी नेपाल
२३ भदौ २०७६ १३:४१

काठमाडौं। मुगुबाट सुर्खेतका लागि डडेको माउन्टेन एयरको हेलिकोप्टर सोमबार दैलेखमा आकस्मिक अवतरण गरेको छ।
मुगुबाट उडेको हेलिकोप्टर दैलेख नजिक आइपुग्दा मौसममा खराबी आएपछि दैलेखमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले डिसी नेपाललाई जानकारी दिए।

उनले फोनमा भने, ‘मौसम खराब भएपछि हेलिकोप्टर एक घण्टाजति दैलेखमा रहेको थियो।’ हेलिकोप्टर दैलेख सदरमुकाम दैलेख बजारको सरस्वती मन्दिर नजिकैको डाँडामा अवतरण गरेको छ।

दैलेखमा एक घण्टा रोकिएपछि हेलिकोप्टर नेपालगञ्जका लागि उडेको थियो। नेपालगञ्जबाट सो हेलिकोप्टर डोल्पाका लागि उडान गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *