अमेरिकाको आइसीसी सदस्यता रद्द
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले संयुक्त राज्य अमेरिकाको सदस्यता खारेज गरेको छ। आइडीडीले खेलाडीहरूको सुरक्षा र ओलम्पिकमा क्रिकेटको सहभागिता सुनिश्चित गर्न यो कदम चालेको बताएको छ ।
यो निर्णय आईसीसी बोर्ड बैठकमा गरिएको हो। आईसीसीले मंगलबार यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ ।
आइसीसीले एक विज्ञप्तिमा भनेको छ, “गत वर्षदेखि संस्थाको कार्यप्रणालीको गहन समीक्षा र सम्बन्धित सरोकारवालाहरूसँगको व्यापक छलफलपछि, आज युएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरिएको छ।”
यद्यपि, आईसीसीले यो निलम्बनले खेलाडी र खेललाई असर नगरोस् भन्ने कुरा सुनिश्चित गर्नु आफ्नो प्राथमिकता हुने बताएको छ।
आईसीसीले यो पनि भन्यो कि अमेरिकी राष्ट्रिय टोलीहरूले लस एन्जलस २०२८ ओलम्पिक खेलकुदको तयारी सहित आईसीसी कार्यक्रमहरूमा भाग लिन जारी राख्नेछन्।
निलम्बनको कारणबारे आईसीसीले भनेको छ कि यूएसए क्रिकेटले सदस्यको रूपमा बारम्बार र लगातार आफ्नो दायित्व उल्लङ्घन गरेको छ।
यसमा प्रशासनिक संरचना कार्यान्वयन गर्न असफल हुनु, संयुक्त राज्य अमेरिका ओलम्पिक तथा प्याराओलम्पिक समितिबाट राष्ट्रिय प्रशासकीय निकायको दर्जा प्राप्त गर्ने दिशामा कुनै प्रगति नहुनु र संयुक्त राज्य अमेरिका र विश्वभर क्रिकेटको प्रतिष्ठामा क्षति पुर्याउने गम्भीर कारबाहीहरू समावेश छन्।







डिसी नेपाल







Facebook Comment