विश्व पारा एथलेटिक्समा प्रभा र हिमाल सहभागी
काठमाडौं। विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। भोलिदेखि १९ गतेसम्म हुने प्रतियोगितामा समान एक पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन्।
पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन्। महिलमा प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन्। अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाई गरे। अध्यक्ष सिवाकोटी बाहेकको टोली भोलि भारत प्रस्थान गर्नेछ। अध्यक्ष सिवाकोटी भने केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment