कक्षा १२ को मौका परीक्षा सम्पन्न

डिसी नेपाल
८ असोज २०८२ १९:१५
36
Shares

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा आज सम्पन्न गरेको छ।

गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ‘जेनजी’ आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्नेगरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो।

बोर्डले मंगलबार ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा दिएका थिए।

आज दुई विषयमा परीक्षा दिने परीक्षार्थीमध्ये आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। बोर्डका अनुसार परीक्षा देशभरका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.