पूर्वाधार विकासमा बाह्य लगानी भित्र्याउन काठमाडौंमा ‘शिखर सम्मेलन’

डिसी नेपाल
२३ भदौ २०७६ १६:३८

काठमाडौं । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् भने दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान स्योङ सू किनोट स्पीकरको रुपमा सहभागी हुने छन्।

परिसंघका अध्यक्ष सतिसकुमार मोरले सो सम्मेलनमा विशिष्ट स्पिकरको रुपमा भारतका युनियन स्टेट मिनिष्टर आरके सिंहले सम्बोधन गर्ने जानकारी दिए।

सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन्। प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको पनि परिसंघका अध्यक्ष मोरले बताए।

नेपालको पूर्वाधार विकासमा आवश्यक बाह्य लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा सो शिखर सम्मेलन तेस्रो पटक पनि आयोजना गर्न लागेको हो ।

परिसंघका अध्यक्ष मोरले विगतमा भन्दा यस वर्ष पूर्वाधार विकासका लागि विशेष रुपमा छलफल गर्न सो शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *