युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चंगा उडाउने परम्परा लोप हुँदै

डिसी नेपाल
१० असोज २०८२ १९:१५
24
Shares

रौतहट। बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चंगा उडाउने परम्परा हराउँदै गएको छ। गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चंगा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो।

तर पछिल्लो समयमा चंगा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो। पछिल्लो पुस्ताहरु युवाहरु टिभी, इन्टरनेट तथा अन्य मनोरञ्जनतर्फ लागेपछि यसतर्फ कसैको ध्यान नगएको चन्द्रपुर ४ का अशोक कोइरालाले बताए। उनका अनुसार पछिल्लो समयमा अनलाइन मनोरञ्जनका खेलप्रति बालबालिका तथा युवाहरु सक्रिय हुने गरेको पाइन्छ।

अकाशमा चंगा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो तर अहिले त चंगा उडाउने गरेको देखिनै छाड्को उनको भनाइ छ। दसैँमा चंगा उडाउने संस्कृतिबारे नयाँ पुस्ता माझ जानकारी नै नभएको हुनसक्ने उनले बताए।

केही स्थानमा फाटफुट चंगा उडाउने गरेको देखिएपनि परम्परा भने हराउँदै गएको समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्। वडादसैँको झल्को दिने र रमझम बढाउने यस परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएका छन्। दसैँको समयमा चंगा उडाउने प्रतिष्पर्धा नै हुने गरेको समाजका वुढापाकाहरुको भनाइ छ।

दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएकोमा उनीहरुले पनि चिन्ता व्यक्त गरेका छन्।

पुरानो संस्कृतिलाई अनुशरण गर्दैे केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चंगा बनाएर देखाउने गरिन्छ।

अब नयाँ पुस्तालाई चाडपर्वको महत्व र विशेषतासंगै खेलिने मनोरञ्जनका खेलका बारेमा पनि जानकारी दिनुपर्ने आवश्यता रहेको सरोकारवालाहरु बताँउछन्। यस्ता पुराना संस्कृति लोप हुन नदिन स्थानीयले जर्गेना गर्न आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.