नेपाल र चीनबीच तीन सम्झौता

डिसी नेपाल
२३ भदौ २०७६ १७:२९

काठमाडौं । नेपाल र चीनबीच तीन वटा विषयमा सम्झौता भएको छ । सोमबार चीन र नेपालबीच भएको द्विपक्षीय वार्ताका क्रममा यी सम्झौता भएका हुन्।

आइतबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच सोमबार वार्ता भएको हो।

सोमबार वार्ताका क्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार चीनले मनाङमा करिब ३५ करोड रुपैयाँको लागतमा अस्पताल बनाउने छ । यस्तै आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ ।

यस्तै चिनियाँ भाषाका लागि उसले भाषा शिक्षक स्वयमसेवक पनि परिचालन गर्ने सम्झौता भएको छ। सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

स्वयम सेवक शिक्षक सम्बन्धि सम्झौतामा शिक्षासचिवले हस्ताक्षर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *