आसिफ र जोराको उत्कृष्ट ब्याटिङमा नेपालले वेस्ट इण्डिजलाई दियो १७४ रनको लक्ष्य

डिसी नेपाल
१३ असोज २०८२ २२:०१
80
Shares

काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीचको टी–२० सिरिजको दोस्रो खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय ७४ रनको लक्ष्य दिएको छ।

सोमबार यूएईस्थित सारजहा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रन बनाएको हो।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले। आसिफले ४७ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए भने जोराले ३९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६३ रन बनाए। यस्तै आदिल आलमले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

वेस्ट इण्डिजका अकिल होसेन र काइल मेयर्सले समान दुई दुई विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.