युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव
तनहुँ। भानु नगरपालिका-१२ स्थित अर्चले युवा क्लवले दशैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ। दशैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो।
युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।
खेलकुद उत्सवअन्तर्गत खुल्ला पुरुष भलिबलको उपाधि भानु नगरपालिका-१ भन्सार युवा परिवारले जितेको छ। फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो।
उपाधिसँगै भन्सारले नगद ५० हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद २५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिएको छ।
यसैबीच, खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ।







डिसी नेपाल







Facebook Comment