टोल सुरक्षामा गाउँलेको गस्ती

डिसी नेपाल
२४ भदौ २०७६ ८:०९

झापा । चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन्। विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन्।

चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगाईँले बताए । उनका अनुसार गस्ती शुरु गरिएपछि चोरीका घटनामा समेत नियन्त्रण आएको छ। गस्ती शुरु गरिएपछि सिङ्गो टोलवासीले राहत पाएको उनले बताए।

गस्ती प्रभावकारी बनाउन स्थानीयले प्रहरी र वडा कार्यालयको समन्वयमा काम अगाडि बढाएको बजगाईंले बताए । गस्तीलाई निरन्तरता दिने सोच बनाइएको बताउनुहुँदैन उनले बस्तीको सुरक्षा आफैँ गर्न यस्तो अभियान शुरु गरिएको जानकारी दिए ।

गस्तीका क्रममा हुन सक्ने आपराधिक कार्य नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरीसँग समन्वय गरिएको उनले बताए । टोलका युवासँग समन्वय गरी राति दैनिक १० बजेदेखि बिहानसम्म समूह बनाएर गाउँको गस्ती कार्य शुरु गर्ने गरिआएका छन्।

गस्तीमा क्रममा टोलमा रातिपख हिँडडुल गर्ने शङ्कास्पद लागेकालाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै मदिरा सेवन गरी टोलमा होहल्ला गर्नेलाई पनि सम्झाइबुझाइ त्यस्तो नगर्न परामर्शसमेत दिँदै आएको जवेगुले बताए । विकास मार्ग टोलमा करीब १०० घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनहुँजसो घरायसी समान चोरी हुँदै आएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *