महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु

डिसी नेपाल
१५ असोज २०८२ १२:१०
48
Shares

महोत्तरी। महोत्तरीको हरिपुवा नगरपालिका-१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका-६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.