नेपाल मलेसियासँग तीन रनले पराजित
Pictures from the match between Malaysia and Nepal during the Bilateral Series Malaysia Women vs Nepal Women T20i 2025 Bayuemas Oval on October 02, 2025 in Klang, Selangor, Malaysia. Photo by Peter Lim/PhotoDesk.com.my for Malaysian Cricket Association
काठमाडौं । नेपाल अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।
मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई तीन रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रनको योगदान दिएकी थिइन्। ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाएकी थिइन्।
मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएले थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।
आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप सोही प्रतियोगिताको तयारी स्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment