तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

डिसी नेपाल
१९ असोज २०८२ २१:५९
60
Shares

राजविराज (सप्तरी)। जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।

तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ। गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छभने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ। वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन्।

उनले वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठूलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको बताए।

वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ। वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ। बाढीपीडितको उद्धार कार्य भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *