सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाही। दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामाआएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका – ५ पडरियामा पनि बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्ण रूपमा भत्किएका छन्।
उता हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढीपस्नपुगेको छ। बरहथवानगरपालिका – ७डोमटोलमा सोतीखोलाको पानीपस्दाकरिब १५ घर डुबानमा परेका छन्।
यस्तै, कौडेना गाउँपालिका–३ र ५ मा लखनदेही खोलाको पानीपस्दा ४० घर डुबानमा परेका छन् भने कविलासी नगरपालिका – ८ अगर्वामा झिमखोलाले १४ घर प्रभावित बनाएको छ। गोडैता नगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ।
प्रहरीकाअनुसार हालसम्मठूलो जनधनको क्षतिनभएपनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका – ३ स्थितलखनदेहीखोलामाआएको बाढीले हुलाकी सडकबगाउँदाजिल्लाको पश्चिम क्षेत्र र सदरमुकाममलंगवासँगको सम्बन्धविच्छेद भएको छ।
बाढीले राजमार्गको करिब १५० मिटर पक्की सडकबगाएपछि स्थानीयलाई सदरमुकाम सम्म आउजाउ गर्न लामो वैकल्पिकमार्ग प्रयोग गर्नु पर्ने अवस्थाआएको छ।







डिसी नेपाल








Facebook Comment