गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

डिसी नेपाल
२० असोज २०८२ १३:५९
12
Shares

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताएका हुन्। सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोलीहरू सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ।

सम्झौताको पहिलो चरण यसै हप्ता सुरु हुने उल्लेख गर्दै उनले सबै पक्षलाई दुःखको अन्त्य गर्न र शान्ति प्राप्त गर्न द्रूत गतिमा अघि बढ्न आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपतिले ट्रम्पले हमासको प्रतिक्रियालाई स्वागत गर्दै, अमेरिकाले इजरायल र हमास बीचको सम्झौताले इजरायलका लागि ठूलो सम्झौताको प्रतिनिधित्व गर्ने जनाएका छन्। जसमा २०-बुँदे अमेरिकी प्रस्तावका प्रमुख प्रावधानहरूको स्वीकृति समावेश छ।

यस योजनामा शत्रुता अन्त्य गर्ने, गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ समावेश छ।

द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताएका छन्। यद्यपि, उनले हामासले शक्ति त्याग्न र गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गरे उसले पूर्ण रूपमा उन्मूलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन्।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा गाजामा चलिरहेको युद्धको अन्त्य गर्ने, पुनः र्निर्माणको लागि मार्ग प्रशस्त गर्ने र पट्टीमा स्थायी मानवीय र राजनीतिक स्थिरता स्थापना गर्ने विस्तृत सम्झौतामा पुग्न क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पछि वार्ता प्रत्रिया अघि बढेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.