मतदाता नामावली दर्ता गराउनेको भीड

डिसी नेपाल
२१ असोज २०८२ ८:५३
44
Shares

घोराही (दाङ)। यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको पनि कार्यालयको भनाइ छ ।

मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कार्यालयका सूचना अधिकारी कुँवरले बताए।

पालिकास्तरमा मतदाता नामावली दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए । गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट एक लाख ३४ हजार सात सय ३३ क्षेत्र नम्बर २ बाट एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ बाट एक लाख ४६ हजार चार सय ७५ गरी कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *