मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
काठमाडौं। नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ।
मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो। मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन्। यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो।
यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो।
पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि थियो।







डिसी नेपाल







Facebook Comment