लखन्देही खोलामा डुबेर एकको मृत्यु

डिसी नेपाल
२१ असोज २०८२ २३:१४
16
Shares

बरहथवा (सर्लाही)। सर्लाहीको मलङ्गवा नगरपालिकास्थित लखन्देही खोलमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार मलङ्गवा नगरपालिका–५, भाडसरस्थित लखन्देही खोलामा नुहाउन गएका चार जनालाई खोलाले बगाएको थियो। खोलाले बगाएकामध्ये तीन जना पौडिएर सकुशल बाहिर निस्किएका थिए। साथै १८ वर्षे ओम ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले खोलामा तैरिरहेको अवस्थामा ठाकुरको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

मृतक युवकको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.