लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-६ महांकाल पानी ट्याङ्की बस्ने संखुवासभा घर भएका २८ वर्षीय श्याम शेर्पालाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नोर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बिट महांकालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सिबिर क्याम्प बेलडांगी झापामा शरणार्थीको रूपमा बसोबास गर्ने ३० वर्षीय मिलन माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ५ हजार ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ बिक्रीगाउँ बस्ने २१ वर्षीय आशिष चौधरी र बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने १९ वर्षीय दिपेश थारू रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सर्लाहीको बागमती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १४ ट्याब्लेट, स्पास्मो २ सय ट्याब्लेट र नगद २ हजार ५ सय ३० रूपैया सहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवन घिसिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment