रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर
काठमाडौं। शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ। शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ।
‘हामीले हाम्रा ग्राहकका लागि रेड्मी नोट १४ सिरिजलाई थप सुलभ बनाउने लक्ष्य पनि राखेका छौं, जसले गर्दा हाम्रा ग्राहकलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ,’ उनले भने।
रेड्मी नोट १४ सिरिजको विभिन्न क्षमताका फोनको नयाँ मूल्यअनुसार २३ हजार ९९९ देखि ३४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment