घुस लिएको आरोपमा सहायक वन अधिकृत डिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डिसी नेपाल
२४ भदौ २०७६ २३:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत तीन लाख २६ हजार घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।

आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ।

निजले सेवा प्रवेशका क्रममा पेश गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जाी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *