असंवैधानिक सरकारका कार्य वैधानिक हुँदैन : अध्यक्ष ठाकुर

डिसी नेपाल
२८ असोज २०८२ ११:०३
108
Shares

रौतहट। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले यो असंवैधानिक सरकारले गरेका कुनै पनि कार्य वैधानिक नहुने बताएका छन्। यधपी विशेष परिस्थितिमा यो सरकार बनेकाले जनताले मानेको उनको भनाइ छ।

रौतहट सदरमुकाम गौरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनावको मिति घोषणा गरेपनि पर्याप्त समय र गृहकार्य नभएको बताए।

अबको पाँच महिना भित्र चुनावको आवश्यक सामग्री र कर्मचारी ठाँउ÷ठाँउमा पुर्याउन चुनौती रहेको उनको भनाइ छ।

उनले मधेशी जेनजीवादीहरु आफूसँग भेट गरेको स्विकार गर्दै उनले चुनावमा सहयोग गर्न भनेको बताए।‘हाम्रा उम्मेदवार नभएको स्थानमा सहयोग गर्ने कुरा भयो’, उनले भने, ‘मधेशी जेनजीवादीहरुले मधेशकै मुद्दा उठान गरेका छन।’

यस्तै गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संघीयता माथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिएका छन्।

‘प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि यस्तै भयो भने हामी सडकमा हुन्छौं,’ अध्यक्ष ठाकुरले भने। मधेशका अधिकारहरू लडेर प्राप्त गरिएको भन्दै उनले कसैको दयाले नभई संघीयता सयौं सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *