निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

डिसी नेपाल
३० असोज २०८२ ९:५५
16
Shares

काठमाडौं। आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ। छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ।

आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ।

निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *