युवाहरूलाई पार्टीका सबै कमिटीमा समेट्नुपर्छ : राजिव पहारी
काठमाडौं । नेकपा एमालेको जारी दशौं केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार पार्टीका केन्द्रीय सदस्य राजिव पहारीले युवाहरूलाई विशेष तरिकाले पार्टीका सबै कमिटीमा समेट्नु पर्ने ब्यक्त गरेका छन्।
एमाले युवा नेतासमेत रहेका उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताएका हुन्।
‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनु हुँदैन। विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जो मिति प्रस्ताव नै भइसकेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नु पर्दछ।’
पहारीले आफ्नो धाराणा राख्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई समेटेर कमिटीमा ४० प्रतिशत पार्टीका कमिटीमा राख्नु पर्नेमा जोड दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment