कांग्रेस महाधिवेशन सार्न नहुनेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशनलाई कुनै पनि बहानामा सार्न नहुनेमा जोड दिएका छन्।
पार्टी कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा शुक्रबार धारणा राख्ने सदस्यहरुले बैठकले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन्।
प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औ महाधिवेशनलई छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव छ।
बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, संसद बिघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगाएतका बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेको कांग्रेसले जनाएको छ। बैठक केहि दिन चल्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment