नयाँ पार्टी खोल्दै जेनजी अभियन्ता मिराज ढुंगाना
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने भएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ पार्टी खोल्न लागेको जनाएका हुन्।
उनले विदेशमा भएका नेपालीले पनि भोट हाल्न पाउनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसहित एजेन्डा अघि सारेका छन्।
‘अब हामीले पोलिटिकल पार्टी खोल्नैपर्ने अवस्था देखेका छौँ । तर, यसको अर्थ यो होइन कि हामी अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं,‘ उनले लेखेका छन्।
पार्टी घोषणाका लागि उनले शनिबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन आह्वान गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment