ऋषिकेश गौतमको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

डिसी नेपाल
१ कार्तिक २०८२ १५:२६
64
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठक यसअघिको एजेण्डामा प्रवेश नगरि ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गर्दै स्थगीत गरिएको हो।

बैठकले स्वर्गीय गौतमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र कात्र्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री गगन थापाले जानकारी दिए।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसभापति ८४ वर्षीय ऋषिकेश गौतमको असोज ३१ गते राति काठमाडौको पेप्सीकोला स्थित निजी निवासमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *