देशमा आतंक छ, शान्तिको पक्षमा उभिएकोमा सरकार रिसाएको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन्।
शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए।
उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी। अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको भीड मात्रै हो। यो सभ्य समाज हो की, असभ्यहरुको जमातको भीड हो ? अहिले बालबालिकाहरुलाई त्रसित बनाइएको छ। नेपो बेबी भनेर बालबालिकामाथि आक्रमण गरिएको छ। के सिक्दैछ हाम्रो समाज अनि हामी त्यही हल्लाको पछि लाग्ने हो ?’
साथै उनले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको भन्दै सरकारले त्यसको विरोध गरेको आरोप लगाएका छन्। ओलीले देशमा आतंक फैलिएको र सरकारले त्यसलाई नियन्त्रण गर्नुको सट्टा शान्तिको पक्षमा बोलेकामा आफूप्रति रिस व्यक्त गरिरहेको दाबी गरे।
उनले भने, ‘हामीले बेठिक कुराहरू, बेठिक हावाहरू, ‘नेपो बेबी’ जस्ता नचाहिने कुरा सिक्नु हुँदैन। यो कुनै सभ्यता पनि होइन, केही पनि होइन। देशमा अहिले आतंक छ। यस्ता गतिविधिहरू अब पनि नरोक्ने ?’
ओलीले पछिल्ला दिनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाप्रति आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे, ‘सामान लुट्दै–चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ?’
सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ। हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं।’
उनले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयासहरूलाई अस्वीकार्य ठहर गरे। ‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने—कस्तो रिस हो यो? कस्तो आक्रोश हो?’ ओलीले प्रश्न गरे।
No ads found for this position



डिसी नेपाल
Lootera ko nattak,thukka