हर्क साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरे

डिसी नेपाल
२ कार्तिक २०८२ १४:५९
16
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन् ।

आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पूरा गरेका हुन् । उलले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । हर्क साम्पाङले माटो चुनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताए ।

उनले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन आफुले भूमिका खेल्ने जिकिर गरे । जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफु काठमाडौं आएपनि जेनजी भित्रको विवादले आफु धरान फर्किएको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.