सुशीला कार्की नेतृत्वको सरकार खारेजीको माग
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खोरेजीको माग गरेको छ।
नेकपाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि बनेको सरकार आन्दोलन, बिद्रोह र निकासको आवश्यकतासंग मेल नखाने र यसका कारण आगामी दिनमा अर्को संघर्ष र विद्रोह सृजना हुने देखिएकाले अन्तरिम सरकार खोरेज हुनुपर्ने माग राखेको हो।
पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताए। उनले नयाँ बन्ने अन्तरिम सरकारले बिशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। त्यसका लागि उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्ने उनको भनाइ छ।
विप्लवले संविधानको पुनरलेखक गर्दै राज्यलाई पुनसंरचना गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थापछि मात्रै निर्वाचनमा जानुपर्नेमा जोड दिए।
त्यस्तै उनले भ्रष्टाचारको निष्पक्ष छानविनका लागि नागरिक र विज्ञ संलग्न शक्तिशाली नागरिक आयोग गठन गर्नुपर्ने र अपराधको निष्पक्ष फैसला गर्न विशेष न्यायालय खडा गर्नुपर्ने बताए।
नेकपाले जेनजी आन्दोलनका क्रममा देखिएको टिओबीको अराजकता र खुलेआम हतियारको प्रदर्शनले नेपाल तिव्वतीयन शरणार्थीहरुको बहानामा अमेरिकी नेपाल टिब्बेट सेना खडा गरिएको त छैन भन्ने आशंका उव्जिएको जनाएको छ।
त्यस्तै ५ सय र १ हजारका नोट खारेज गरि नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दवाव दिने निर्णय भएको नेकपाले जनाएको छ।







डिसी नेपाल






Facebook Comment