तस्बिरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर पूजा

डिसी नेपाल
३ कार्तिक २०८२ ११:३३
24
Shares

काठमाडौं । यमपञ्चकअन्तर्गतको तेस्र दिन, कार्तिक कृष्ण चतुर्दशीका दिन नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ।

सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो। कुकुरहरूलाई फूलमाला लगाइएर, तिलक गरिँदै मीठा खानेकुरा खुवाइएको थियो। धार्मिक विश्वास अनुसार, यमराजका दुई पहरेदार कुकुरहरू श्याम र सबललाई खुसी पार्न कुकुर पूजाको परम्परा छ।

कुकुरले घरको सुरक्षा मात्र होइन, ग्रामीण क्षेत्रमा गोठालाका साथीको भूमिका पनि निर्वाह गर्छ। साथै, नेपाल प्रहरीका लागि अपराध अनुसन्धानमा कुकुरहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यही योगदानको कदरस्वरूप आज कुकुर पूजा गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.